नियम ८६
आर्थिक विवरण जाँची पठाउने
सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले नियम ८५ को उपनियम (२) र (३) बमोजिम पेश हुन आएको विवरणमा वार्षिक बजेट, रकमान्तर, निकासा, खर्च, बा“की रकम र बैङ्क हिसाब र फ्रिज विवरण समेत भिडाई महालेखा नियन्त्रक कार्यालयले तोकिदिएको समय भित्र महालेखा नियन्त्रकको कार्यालयमा दुई प्रति र केन्द्रीय हिसाब राख्ने सम्बन्धित विभाग वा मन्त्रालय वा तालुक कार्यालयमा एक प्रति पठाउनु पर्नेछ ।